धनगढी। कैलालीमा कर्तव्य ज्यान मुद्दाका फरार १ जना व्यक्ति १२ बर्ष पछि पक्राउ परेका छन् । सोमबार जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले धनगढी उपनगरपालिका वडा नम्बर ८ मोतिचौक बस्ने प्रकाश रानालाई पक्राउ गरेको हो ।
प्रतिवादी रानालाई बझाङ जिल्ला अदालतले कर्तव्य ज्यान मुद्दामा मिति २०६६ चैत २२ को फैसलाले २० बर्ष कैद सजाय तोकेको थियो। कर्तव्य ज्यान मुद्दामा ति व्यक्ति १२ बर्ष देखी फरार भएका थिए । बझाङ सुबेडा गाविस वडा नम्बर ८ घर भई हाल जिल्ला कैलाली धनगढी उप नगरपालिका वडाबाट रानालाई निजकै घरबाट प्रहरी टोलीले पक्राउ गरेको हो । पक्राउ पश्चात प्रहरीले निज प्रतिवादी रानालाई अड्डासार गरी जिल्ला प्रहरी कार्यालय बझाङ पठाएको जनाएको छ ।
कैलालीमा कर्तव्य ज्यान मुद्दाका फरार १ जना व्यक्ति १२ बर्ष पछि पक्राउ
कैलालीमा कर्तव्य ज्यान मुद्दाका फरार १ जना व्यक्ति १२ बर्ष पछि पक्राउ
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

