धनगढी। कैलालीमा ट्रकले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएपछि पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरिएको छ। कैलालीको घोडाघोडी–५ डोकेबजारमा पश्चिमबाट पुर्व तर्फ जाँदै गरेको सुप प्र ०१ ००८ प ५४७५ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको लु १ ख ४६६६ नम्बरको ट्रकले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको हो ।
कञ्चनपुरको बेलौरीका ५० वर्षीय बसन्तराज शर्माको मृत्यु भएको प्रहरीले जनाएको छ। ट्रकको ठक्करवाट गम्भिर घाईते शर्मालाई उपचारका लागि घोडाघोडी अस्पतालमा लैजाने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको हो । ठक्कर दिने ट्रकका चालक भन्ने फरार रहेका छन् । मृतकका आफन्तले टायर बालेर बिहान ८ बजेदेखी अहिले पूर्वपश्चिम राजमार्ग सडक अवरुद्ध पारिएको प्रहरीले जनाएको छ ।


