धनगढी। नेपाली काँग्रेस कैलालीको जिल्ला अधिवेशन केन्द्रीय महाधिवेशनपछि मात्रै हुने भएको छ । काँग्रेस कैलालीको जिल्ला अधिवेशन स्थगित गरिएको छ । आज १० गते हुने भनिएको जिल्ला अधिवेशन सुदूरपश्चिम प्रदेश अधिवेशनका कारण महाधिवेशनपछि हुने गरेर सारिएको जिल्ला सभापति नरनारायण शाह मनुले बताए ।
मङ्सिर १६ र १७ गते प्रदेश अधिवेशन धनगढीमै हुने भएकोले दुईवटा अधिवेशनको तयारी गर्न गाह्रो हुने भएकोले पनि अधिवेशन सारिएको सभापति शाहले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा बताए । पहिलो चरणमा नै जिल्ला सभापतिका दावेदारले ५१ प्रतिशत मत पुगाउन नसक्ने भएकोले दोस्रो चरणको पनि चुनाव गर्दा प्रदेश अधिवेशन प्रभावित हुने आशंका काँग्रेस नेताहरुको छ । यसैवीच सभापति नरनारायण शाहले अर्को सूचना जारी नहुँदासम्मका लागि जिल्ला अधिवेशन स्थगित गरेको जनाएका छन्।