धनगढी। कैलालीमा लागुऔषध सहित ३ जना पक्राउ परेका छन्। वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरी टोलीले धनगढी उपमहानगर पालिका वडा नम्बर ३ मिलनचोक स्थित सडकखण्डमा शंकास्पद रुपमा हिडडुल गरी रहेको अबस्थामा उनीहरुलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा कैलाली गोदावरी नगरपालीका ५ बस्ने २२ बर्षीय पुस्कर सुनार, गोदावरी नगरपालीका १२ बस्ने २७ बर्षीय टेकराज भट्ट र जिल्ला रुपन्देही बुटवल उपमहानगरपालिका वडा नम्बर ६ घरभई हालधनगढी उपमहानगरपालिका वडा नम्बर ३ कोठा गरी बस्ने २५ बर्षीय शुभम क्षेत्रीरहेका छन्।
शंकालागि चेकजांच गर्दा निजहरुको साथबाट लागुऔषध खैरो हिरोईन २५० मिलि ग्राम, नाईट्राभेट ११९ ट्याब्लेट, PROXYWEL SPAS २३ क्याप्सुल बरामद गरीएको छ। निज तिनै जनालाई पक्राउ गरी लागुऔषध शिर्षक मुद्दा दर्ता गरी थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।