धनगढी। कैलाली दोस्रो खेलमा १० विकेटले विजयी भएको छ । वाई वाई यु-१९ अन्तर्गतको सुदुरपश्चिम प्रादेशीक छनोट क्रिकेट प्रतियोगितामा कैलालीले लगातार दोस्रो खेलमा जित निकालेको छ। दार्चुलाले टस जित्दै पहिलो ब्याटिङ्ग रोजेको थियोे ।
निर्धारित ४० ओभरको खेलमा २१.२ ओभरमा सबै विकेट गुमाएर ४३ रन मात्र जोड्न सफल भएको थियो। बलिङतर्फ कैलालीकालागी प्लयेर अफ दि म्याच शेर मल्लले ८ ओभर बलिङ गर्दै ६ विकेट लिए । भने नागराज सिंह र बसन्त कार्कीले समान २/२ विकेट लिए । ४४ रनको झिनो लक्ष्यलाई कैलालीका पहिलो जोडिले ५ ओभरमानै जित निकाल्न सफल भए । कैलालीकालागि ओपनर टेक रावतले सर्वाधिक १८ रन र सन्दीप बिष्टले १० को योगदान गरे । भोलि कैलालीले आफ्नो लिग अन्तरगतको अन्तिम खेल बैतडी सङ खेल्नेछ ।