धनगढी। कैलालीको टीकापुरमा निर्माण गर्न लागिएको प्रस्तावित योग अनुसन्धान केन्द्रलाई पाँच लाख रुपैयाँ सहयोग गरिएको छ। स्वर्गिय प्रहरी उपरीक्षक हरिप्रसाद अधिकारीको स्मृतिमा स्थापित ‘हरिहर स्मृति प्रतिष्ठान’को तर्फबाट केन्द्रलाई शुक्रबार ५ लाख १ हजार ११ रुपैयाँ सहयोग गरिएको हो।
हरिप्रसादका कान्छा छोरा अमेरिका निवासी वासुदेव अधिकारीले प्रतिष्ठानको तर्फबाट केन्द्रलाई सहयोग गरेका हुन्। अधिकारीका जेठा छोरा कैलालीका प्रहरी उपरीक्षक विश्व अधिकारी, प्रतिष्ठानका अध्यक्ष ढविन्द्र रावलले आश्रमका संस्थापक एवम् महानिर्देशक योग गुरू पृथ्वीराज रावललाई एक कार्यक्रमका बीच सहयोग हस्तान्तरण गरिएको थियो।