धनगढी। सीपी परियारको धान है काट्ने हसिया बोलको गीत दर्शक स्रोताले रुचाएका छन् । दशैँको अवसर पारेर सार्वजनिक गरिएको थियो । उक्त गितमा शब्द, संगीत र स्वरपरियारकै रहेको छ भने गायिका रचना रिमालले साथ दिएकी छिन् ।
मौलिख शैलीमा निर्माण गरिएको गीतलाई दर्शक स्रोताले रुचाएका छन्। छपेन्द्र परियार युट्युब च्यानलमार्फत सार्वजनिक भएको उक्त म्युजिक भिडियोले छोटो समयमै दर्शकको मन जितेको हो । सार्वजनिक भएलगत्तै गीतले राम्रो भ्यूज पाउन सफल भएको हो । गीतको सबै पक्ष राम्रो भएकाले दर्शक स्रोताहरूले पनि मन पराउने अपेक्षा गरिएको गायक सीपी परियारले बताए । गीतका शब्द र भिडियोमा माया प्रेमका सन्दर्भहरूलाई दर्शाइएको छ ।
भिडियोमा नायक पुष्प खड्का र गरिमा शर्माको अभिनय रहेको छ । भक्तपुरको सूर्यविनायक नगरपालिकाको रमणीय स्थान पाईलट बाबामा छायांकन गरिएको उक्त गीतको निर्देशन जीबी आग्री र नृत्य निर्देशन दिपक एम सिंहले गरेका हुन् । परियारको यसअघि तिम्रो माया मा फिट भए म, इलिगल माया, सुवा लगायतका थुप्रै गितहरु सार्वजनिक भइसकेका छन् । हेरौ भिडियो


