कञ्चनपुर। नेपाल भारत मैत्री संघले कञ्चनपुरका बाढी पीडीतलाई खाद्यान्न सहयोग गरेको छ । नेपाल भारत मैत्री संघले कञ्चनपुरको भिमदत्त नगरपालीका वडा नम्बर १२ र १३ का १ सय ७४ बाढी पीडीत परिवारलाई सोमबार खाद्यान्न सहयोग गरिएको हो । नेपाल भारत मैत्री संघका समुह लगायत, कंचनपुर जिल्ला कार्यसमिति तथा वडा अध्यक्षको रोहबरमा राहत वितरण गरिएको नेपाल भारत मैत्री संघका केन्द्रीय सदस्य जागृती बोगटीले जानकारी दिइन्। नेपाल भारत मैत्री संघले भिमदत्त नगरपालीका वडा नम्बर १२ का अध्यक्ष कृष्णसिंह देउवालाई ७० बोरा चामल तथा भिमदत्त नगरपालीका वडा नम्बर १३ का कांग्रेस सभापती बिष्णु बहादुर सिंहलाई ३० बोरा चामल हस्तान्तरण गरेको नेपाल भारत मैत्री संघका केन्द्रीय सदस्य बोगटीले जानकारी दिइन्।केन्द्रीय सदस्य बोगटीले वडा अध्यक्ष मार्फत बाढी पिडीतलाई राहात बितरण हुने उनले जानकारी दिईन् । मैत्री संघका केन्द्रीय सह अध्यक्ष सलेन्द्र झाको नेतृत्वमा बरिष्ठ उपाध्यक्षतुलबहादुर साउँद, प्रदेश उपाध्यक्ष हरिशंकर ठाकुर, महासचिब बोधकृष्ण सुवेदी, केन्द्रिय सदस्य जागृती बोगटी, जिल्ला अध्यक्ष दुर्गादत्त बोहरा, निजी प्राबिधिक शिक्षालयका सुदुरपश्चिम प्रदेश अध्यक्ष किशोर पाण्डेय, रेडक्रस सोसाईटीका केन्द्रिय सहकोषध्यक्ष कमला ऐर र उद्योग बाणिज्य संघका पुर्ब केन्द्रिय सदस्य माधब प्रसाद भट्टको सहभागिता रहेको थियो । बेमौसमी आएको बाढीले भिमदत्तका वडा नम्बर १२ र १३ मा धेरै क्षती गरेको थियो ।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.