अछाम। अछाममा १४ दिन देखि बेपत्ता रहेका अछामका एक पुरुषको शब भेटिएको छ । अछामको कमलबजार नगरपालिका वडा नंम्बर ५ कुईका ३४ बर्षिय रेशमराज तिमिल्सेनाको शब भेटिएको हो। १४ दिन सम्म नेपाल प्रहरीको सबै सयन्त्र लगाएर खोजी कार्य गरिएपनि तिमिल्सेनाको अवस्था अज्ञात रहेको थियो। गएको कार्तिक २ गते गैरिटाँडबाट बेपत्ता भएको भनिएका तिमिल्सेनाको शब १४ दिनपछि कमलबजार नगरपालिका ६ गैरिटाँड बजार नजिकै बाँसको झारीमा भेटिएको हो।
शब बाँसको झारीमा भेटिएको छ, अहिले अछाम जिल्लाका प्रहरी प्रमुख तुल्सीराम अर्याल सहितको टोली गैरिटाँड पुगेको छ। उनले भने तिमिल्सैनाका आफन्त संग प्रहरीको छलफल भईरहेको छ । यस अघि प्रहरीले अनुसन्धानका लागि होटलका ३ जनालाई नियन्त्रणमा लिएको थियो । यस्तै, तिमिल्सेनाका आफन्तले रहष्यमय तरिकाले घट्ना भएको भन्दै गैरिटाँड बजार बन्द गरेका छन् भने आफन्त र स्थानिय मिलेर चक्का जाम गरिएको छ ।
असोज ३१ गते मंगलसेनबाट घर फर्किने क्रममा गैरिटाँडकै एक होटलमा बसेका रेशम तिमिल्सैना बेपत्ता भएको भनिए पनि गैरिटाँडमै उनको शब फेला पर्नुले अवस्था रहष्यमय भएको आफन्तले बताएका छन् ।
अछाममा १४ दिन देखि बेपत्ता तिमिल्सेनाको शब भेटियो,हत्या भएको भन्दै स्थानीय आन्दोलित
अछाममा १४ दिन देखि बेपत्ता तिमिल्सेनाको शब भेटियो,हत्या भएको भन्दै स्थानीय आन्दोलित
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0!
caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/stateonl/public_html/wp-includes/functions.php on line 6131

