धनगढी। कैलालीमा बेबारिसे अवस्थामा एक पुरुषको शव फेला परेको छ। कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्बर ३ ढुंगे बगर स्थित कर्णाली नदिको किनारमा पहिचान नखुलेका पुरुषको आइतबार राति बेवारिसे अवस्थामा शव फेला परेको हो।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार कर्णाली नदिको किनारमा पुरुष व्यक्तिको शव रहेको छ भन्ने सुचनाका आधारमा ईलाका प्रहरी कार्यालय चिसापानी कैलालीबाट खटीएको प्रहरी टोलीले शव पानिबाट निकालेको हो ।
शव पोष्टमार्टमकालागि टीकापुर अस्पताल पठाईएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। अन्दाजी ५०/५५ वर्षका देखिने, मोटो शरीर, उचाई अन्दाजी ५ फिट ५ ईन्च भएका पुरुषको शव पहिचान भएमा जिल्ला प्रहरी कार्यालय तथा नजिकको प्रहरी कार्यालयमा सम्पर्क राख्न प्रहरीले अनुरोध गरेको छ ।