धनगढी। कैलालीमा जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ परेका छन् । कैलाली प्रहरीले जिल्लाको लम्कीचुहा नगरपालिका–४ कौवापुरस्थित छत्रबहादुर बोगटीको घरमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले ९ जनालाई पक्राउ गरेको जनाएको छ ।
आज दिउँसो साढे २ बजेको समयमा जिल्ला कैलाली लम्कीचुहा नगरपालिका वडा नं ४ कौवापुर स्थित छत्र बहादुर बोगटीको घरमा जुवा तास खेलिरहेको छन् भन्ने गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलिले पक्राउ गरेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार पक्राउ पर्नेमा लम्कीचुहा नगरपालिका वडा नम्बर ४ बस्ने ४१ वर्षीय सुरेन्द्र बोगटी, लम्कीचुहा नगरपालिका वडा नम्बर १ बस्ने बर्ष २५ वर्षीय खगेन्द्र देबकोटा, वडा नम्बर ४ बस्ने हेमन्त रावल, ६० वर्षीय नन्दराम धमलालाई पक्राउ गरेको छ।
यस्तै वडा नम्बर २ बस्ने बर्ष २३को प्रशान्त धामी, वडा नम्बर ४ बस्ने ३८ वर्षीय प्रेम भण्डारी र वर्ष २६ का राज अधिकारी रहेका छन । वडा नम्बर १ का वर्ष ३२ का टेकराज अधिकारी, वडा नम्बर २ बस्ने ४५ वर्षीय भक्तराज जोशीलाई जुवा खेलिरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रबक्ता तथा प्रहरी नायब उपरीक्षक प्रतीक बिष्टले जानकारी दिए । उनीहरुका साथबाट ९२ हजार ६ सय ४० रुपैयाँ र ५ गड्डी तास बरामद गरिएको र पक्राउ परेका उनीहरु माथि थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।


