धनगढी। धनगढी उपमहानगरपालिकाका नगरप्रमुख नृप बहादुर ओडले महिला उद्यमी र उद्यमशिलतामा आवद्ध भएका ब्यक्तीलाई सरकारले सहयोग गर्न सक्दैन तबसम्म राज्यको बिकास नहुने बताएका छन् ।
धनगढीमा महिला उद्यमीहरूको समूह घरेलु तथा साना उद्योग महासङ्घ सम्बद्ध महिला उद्यमीहरूले सञ्चालनमा ल्याएको हाम्रो कोसेली सप्लायर्सको उद्धघाटन गर्दै नगरप्रमुख नृप ओडले सो कुरा बताएका हुन् ।घरेलु तथा साना उद्योग महासङ्घ सम्बद्ध महिला उद्यमीले उक्त सप्लायर्स सञ्चालनमा ल्याएको हो। नगरप्रमुख नृप बहादुर ओडले उद्धघाटन कार्यक्रममा बोल्दै नगर प्रमुख ओडले सरकारले गर्नुपर्ने काम घरेलु महासङ्घले गरेकोमा खुसी व्यक्त गर्दै धन्यवाद र आभार ब्यक्त गरे । महिला उद्यमी र उद्यम व्यवसायसँग सम्बद्ध उद्यमीहरूलाई सरकारले सहयोग गर्न नसकेको समेत उनले जानकारी दिए ।उद्यमीहरूलाई सरकारले उत्पादनमा पुर्ण रुपमा सहयोग, समर्थन, अनुदान दिन सक्दैनौ तबसम्म राज्यको बिकास हुन नसक्ने उनको भनाई छ । आर्थिक उन्नती र आर्थिक बिकासमा जबसम्म सरकारले लगेर जान सक्दैन तबसम्म देशको बिकास नहुने भएकाले जतीपनी यहाँका स्वदेशी, स्थानिय उत्पादन बढवा गर्नका लागी धनगढी उपमहानगरपालीका र आफु निरन्तर यो पक्षमा लागीरहेको जानकारी दिए ।बास्तबिक यहाँ उद्यमी कती छन् र ति उद्यमीले उत्पादन गरेका ति बस्तुको प्रचार प्रसार गरी बजारीकरण गर्न सकिने उनले बताए । स्वदेशी उत्पादनले यहाँको उद्यमी र लगानी भत्र्याउन टेवा पुग्ने बिश्वास ब्यक्त गरे । महासंघको भवनका लागी जमिनका लागी पहल गर्ने समेत उनले प्रतिबद्यता जनाए । यस्तै,कार्यक्रममा घरेलु तथा साना उद्योग महासङ्घकी सुदूरपश्चिम अध्यक्ष रुकमणी देवकोटाले बिगतमा बिदेशी सामानको प्रयोग गर्नुपर्ने अवस्थामा स्वदेशमै उद्यमीद्धारा उत्पादित सामानहरुको प्रयोग बढेको बताईन् । बाहिरबाट आउने पाहुनाहरूलाई अब के दिने भनेर खोज्नु पर्ने बाध्यताको अन्त्य भएको उनले बताइन् । अहिले सो पसलमा नेपाली उत्पादनहरू अल्लोका कपडा, गलैँचा, खादा, नेपाली ढाका टोपी लगायतका विभिन्न सामाग्री उपलब्ध रहेको देवकोटाले बताइन् ।यस्तै,घरेलु तथा साना उद्योग कैलालीका प्रमुख नवराज भट्टले कैलालीमा १२ हजार ५ सय भन्दा बढी उद्धम ब्यवसायहरु दर्ता भएको बताए । जसमध्ये ४ हजार नामको हिसाबले महिला उद्धमीहरु रहेका छन् भने ७० हजार महिलाहरुले उद्धमको रोजगारी क्षेत्रमा काम पाएका छन् । जसरी महिला उद्धमीहरु सवल अर्थतन्त्र निर्माणका लागी स्थानिय उत्पादनको प्रयोग गरेमा मात्रै यहाँ आर्थिक लगानी यही रोकीने र राज्यको बिकास हुने उनले बताए । सबै उद्धमीलाई समेटि उद्धम क्षेत्रलाई चिनाउने अवसर पनी हुने उनले बताए ।