कञ्चनपुर। कञ्चनपुरमा मोटरसाईकल चोरी गर्ने ४ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्ती र प्रहरी चौकी परासनबाट खटिएको प्रहरी टोलीले मोटरसाईकल चोरी गरेको आरोपमा चार जनालाई प्रहरीले पक्राउ गरेको हो ।
कार्तिक ७ गते कञ्चनपुरको बेलौरी नगरपालिका ४ बेलौरीको माथिल्लो बजार के एम ईन्टरप्राईजेज बजाज सोरुमबाट सटरको ताला र सिसाको ढोका फोडेर अन्दाजी १ः ४० बजेको समयमा ३ वटा बजाज कम्पनिका पल्सर मोटरसाईकल चोरी भएका थिए ।
प्रहरीले चोरी घटनाको अनुसन्धान थालेपछि सोरुमबाट मोटरसाइकल चोरी गर्ने शुक्लाफाँटा नगरपालिका वडा नम्बर ११ कलवापुरका २० वर्षीय विवेक बम, वडानम्बर १२ का १९ वर्षीय ठग्गी राना, वडानम्बर १ का १९ वर्षीय पारस बिष्ट र १८ वर्षीय किरन नाथलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।उनीहरुमाथि कानून बमोजिम कारवाहीको तयारी भइरहेको प्रहरीले जनाएको छ।