त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पर्यटनमन्त्री प्रेमबहादुर आलेले छड्के जाँच गरेका छतन्। शुक्रबार साँझ विमानस्थलमा आलेले छड्के जाँच गरेका हुन्।
विमानस्थलको अवस्था बुझ्न गएका आले श्रम गन्तव्यमा जाने नेपाली यात्रुहरुको भद्रगोल भीडमा मिसिएर जाँचमा गएका थिए। उनी त्यहाँ प्रहरीलाई जानकारी नदिई केही संचारकर्मीसहित छड्केमा पुगेको बताईएको छ।
मन्त्री आलेले विमानस्थलमा र्यापीड पीसीआर परीक्षण गराउदा दुई दुई हजार रुपैयाँ यात्रुहरुले तिर्नुपरेको भेटिएको बताएका छन्। यात्रुहरुले पनि पर्यटनमन्त्री आलेलाई दुई हजार रुपैयाँ तिर्नुपरेको र पीसीआर गराउन साहै कष्ट र महँगो भएको बताएका थिए।
त्यसपछि आलेले नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकमा नियुक्त भएका राजकुमार क्षत्रीलाई पनि साथै लिई पुगेका उनले यात्रुहरुलाई देखाउँदै र उनीहरुकै बीचमा त्यहाँका ल्याबहरुको मूल्य अनुगमन गरी तत्काल ठगी गर्नेलाई कारबाही गर्न निर्देशन दिए।उनले भने, ‘डीजी’साप पीसीआरमा भइरहेको लुट तुरुन्त बन्द गराउनुहोस्। आइतबारबाट १ हजारदेखि १२ सय रुपैयाँ कायम गराउनुहोस्। जुन ल्याबले मान्दैन कारबाही गर्नुहोस्।’
राजकुमारले मन्त्रीको निर्देशनअनुसार आइतबारदेखि ल्याबमा भइरहेको जाचको अनुगमन गरी मूल्य घटाउने बताए। विमानस्थलमा नियमन नहुँदा प्रयोगशालाहरुले महँगो शुल्क लिई परीक्षण गर्दै आएका थिए।