डोटी। सुदुरपश्चिमका ग्रामिण क्षेत्रमा स्थानिय स्तरमा उत्पादीत बस्तुले बजार पाउँन थालेका छन् । स्थानिय स्तरमा उत्पादीत बस्तुले बजार पाउनुका साथै राम्रो आम्दानी हुन थालेपछि ब्यवसायी खुसी भएका छन् ।कैलालीको चुरे गाउँपालीका ३ सहजपुर क्षेत्र सडक आसपासमा ब्यवसायीले स्थानिय तथा ग्रामिण क्षेत्रमा उत्पादन भएका उत्पादित बस्तुहरु राखेर ब्यवसायी ब्यापार ब्यवसाय गरिरहेका हुन् । कैलालीको सहजपुर क्षेत्र सुदुरपश्चिम प्रदेशको ७ पहाडी जिल्लाको मुख्य सडक मार्ग भएकाले पनी यात्रु तथा सर्बसाधारणहरु यही बाटो भएर यात्रा गर्ने क्रममा अर्गानिक बस्तु खरिद गरेर लैजाने गरेका छन् ।
अर्गानिक उत्पादित बस्तु बजार क्षेत्र भन्दा स्थानिय स्तरमा उत्पादन भएका खाद्यान्न बस्तु स्वच्छ, ताजा र गुणस्तर राम्रो पाइने ब्यापारी बताउँछन् । डोटी तथा अन्य पहाडी क्षेत्रका ग्रामिण क्षेत्रमा पाईने फलफुल तरकारी, दलहन, अचार, मह, काँक्रा लगायत बिभिन्न अर्गानिक बस्तुहरु राखीएका छन् । कैलालीको चुरे गाउँपालीका ३ सहजपुरकी इन्द्रा रिजालले अर्गानिक बस्तुहरु दाल, मह, चुक, खुर्सानी, अचार, फर्सि, अम्बा, करेला, अदुवा, काँक्राहरु अर्गानिक पाईने हुनाले उपभोक्ता मन पराएर लग्ने गरेको जानकारी दिइन् ।
यस्तो ब्यवसायबाट आर्थिक आम्दानी गर्न र हामी ब्यवसायलाई घरखर्च चलाउन सजिलो भएको उनी बताउँछन् । उनले शहर बजारमा लामो अवधिसम्म राखिएका बस्तुहरु सडगलेका, अखाद्य बस्तु मिसाइएकाले स्वास्थ्यलाई नकारात्मक असर गर्ने बताइन् । यस्तो अवस्थामा उपभोक्ताले ताजा खाद्यान्नहरु खरिद गर्नसक्ने उनले जानकारी भनिन् ।
यस्तै,अर्को ब्यापारी ललित शाहले पनी स्थानिय उत्पादित बस्तुहरु सडक छेउमै ठेलामा सजाएर राखेका छन् । उनले सुदुरपश्चिम प्रदेशको ७ पहाडी जिल्लाको मुख्य सडक नै भएकाले मानिसहरुको आवतजावत गर्ने भएकाले उनीहरुलाई आवश्यक पर्ने दाल चुक, मह, फलफुलहरु लग्ने गरेको बताए । उनले यसै क्षेत्रमा झरना हेर्न आउने भएकाले पनी सरसामान किन्नेहरुको भिड नै लाग्ने गरेको उनी सुनाउँछन् ।
स्थानिय स्तरमा उत्पादनमा भएका बस्तुले बजार पाउँदै(फोटो फिचर)
स्थानिय स्तरमा उत्पादनमा भएका बस्तुले बजार पाउँदै(फोटो फिचर)

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु