धनगढी। सेती प्रादेशिक अस्पतालमा थप एक संक्रमितको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा कञ्चनपुरको भिमदत्त नगरपालिका वडा नम्बर ५ का ६७ बर्षीय पुरुषको मृत्यु भएको अस्पतालले जनाएको छ।
यस्तै पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा बुधबार थप ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अस्पतालको प्रयोगशालामा ११७ जनाको नमूना परिक्षण गरिएकोमा ३३ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सुचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिएका छन् ।
यस्तै ८४ जनाको कोरोना रिर्पोट नेगेटिभ आएको छ। हाल अस्पतालमा १७ जना कोरोना संक्रमितको उपचार भइरहेको छ । जसमध्ये ३ जनाको आइसियुमा उपचार भईरहेको छ भने १ जनाको भेन्टिलेटरमा उपचार भइरहेको अस्पतालका सुचना अधिकारी श्रेष्ठले जानकारी दिए ।यस्तै पछिल्लो २४ घण्टामा अस्पतालमा ६ जना नयाँ कोरोनाका बिरामी अस्पतालमा भर्ना भएका छन् ।