धनगढी। कैलालीको गौरींगगाको एमाले पार्टी कार्यालय सुरक्षा घेरामा राखिएको छ। दुई पार्टीबीच विवाद बढेपछि पार्टी कार्यालय सुरक्षा घेरामा राखिएको हो।
उक्त पार्टी कार्यालय एमाले र नेकपा (एकीकृत समाजवादी) बीच विवाद बढेपछि पार्टी कार्यालय सुरक्षा घेरामा राखिएको हो । गौरीगंगा नगरपालिका वडा नम्बर १ चौमालामा हेको नेकपा एमालेको पार्टी एमाले र सामाजबादीले आफ्नो भन्दै दाबी गरेपछि बिवाद सृजना भएको हो।
‘दुबै पार्टी बिचमा आफ्नो भन्दै दाबीमा बिवाद भएपछि सहमती नभए सम्म प्रशासनले नियन्त्रणमा लिएको हो’ जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले भने–‘ दुवै पक्षको सहमती नभएसम्म वा उपयुक्त व्यवस्था नभएसम्मका लागि स्थानीय प्रशासन ऐन, २०२८ अनुसार हाल उक्त भवनमा दुवै पक्षलाई प्रयोग गर्न नदिन सुरक्षा व्यवस्था मिलाइएको छ ।’
नेकपा एमाले र नेकपा (एकीकृत समाजवादी) पार्टीबिच भवन प्रयोग गर्ने विषयमा भएको विवादको सम्वन्धमा शान्ति सुरक्षामा प्रतिकुल अवस्था श्रृजना भएकोले धनजनको क्षति हुन नदिन प्रहरीले कार्यालय सुरक्षाको घेरामा राखेको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी जोशीले जानकारी दिए। सोमबार दुवै पार्टीका कार्यकताहरुको सामान्य झडप समेत भएको थियो ।
सोमबार दिउँसो नेकपा (एस)ले एमाले पार्टी कार्यालयमा तालाबन्दी गरेपछि त्यहाँ थप तनाव सिर्जना भएको थियो । त्यस्तै मंगलबार पनि तनाव सिर्जना कायमै रहेको थियो। सोमबार देखि दुई पार्टी बिच विवाद जारी रहेको छ । कैलालीको गौरीगङ्गा नगरपालिकाकी उपप्रमुख अञ्चला चौधरीले कैलालीका प्रमुख जिल्ला अधिकारीको टाउको फुटाउन तयार रहेको बताएकी थिईन् । प्रशासनले सहमतिका लागि वातावरण जुटाउन नसकेको भन्दै उनले मंगलबार यस्तो अभिव्यक्ति दिएकी हुन् ।