धनगढी। नेपाल परिवार दलका युवा नेताले कैलाली र कंचनपुर बाढी प्रभावति क्षेत्रको अवस्थाका बारेमा अवलोकन गरेका छन् ।
बेमौसमी बर्षासँगै आएको बाढि तथा डुवानले पारेको असर र प्रभावति क्षेत्रको अवस्थाका बारेमा बुझ्न र पिडीतहरुलाई सान्त्वना दिन दुई दिनसम्म कैलाली र कञ्चनपुरका क्षेत्रमा निरीक्षण गर्न नेपाल परिवार दलका युवा नेता त्यहाँ पुगेका हुन।नेपाल परिवार दलका युवा नेता तथा समाजसेवी खडकले नागरी कैलाली र कंचनपुरका बाढि प्रभावति किसानहरुसँग भेटघाट साथै किसानहरुले भोग्नुपरेको क्षतीबारे प्रत्येक्ष जानकारी लिएका थिए। किसानहरु सँग भेटघाट गर्नुका साथै बाढी तथा डुवानले धानबालीमा पुर्याएको क्षतीको अवस्थाबारे चाँसो ब्यक्त गर्दै तत्काल सरकारले राहातको ब्यवस्था गर्न माग गरेका छन्।
नेपाल परिवार दल सुदुरपश्चिम संयोजक समेत रहेका नागरीले किसानलाई राहतको लागि सरकार र नेपाल परिवार दल पार्टी परिवारले किसानलाई राहतको ब्यवस्था गर्नको लागि पहल गर्ने बताएका छन् । उनले अबको केही दिनभित्र परिवार दल सुदूरपश्चिम प्रदेशको तर्फबाट ३ सय ५० जनालाइ राहत छिटोभन्दा छिटो ल्याउन पार्टीका सयोजक नागरीले बाचा पनि ब्यक्त गरेका छन् ।