धनगढी : पछिल्लो समय कैलालीमा प्रेस लेखेका मोटरसाइकल र कारहरु निकै देखिने गरेका छन् । पत्रकार महासघं कैलालीका सदस्यहरु २ सय बराबर छन् । कैलालीमा सक्रिय पत्रकारिता गर्ने पत्रकारहरुपनि २ सयकै हाराहारीमा छन् । सक्रिय पत्रकारिता गर्ने पत्रकार भन्दापनि मिडिया मालिक, मिडियामा मार्केटिङ गर्ने, मिडिया मालिकका आफन्त, दाजुभाइ प्रेसधारी गाडीमा हुइकिने गरेको पाइएको छ ।
गाडीमा प्रेस लेख्नै गलत भएको नेपाल पत्रकार महासंघका पुर्व केन्द्रिय सदस्य दील बहादूर छत्याल बताउँछन् । म त भन्छु कफ्र्यु, निशेधाज्ञा, बन्दका बेला बाहेक सामान्य बेला गाडीमा प्रेस लेख्नै गलत हो छत्यालले भने ‘कित पत्रकार बोक्ने मिडिया हाउसको गाडी हुनुप¥यो या सक्रिय पत्रकार भए मिडिया हाउसको नाम लेख्न ठिकै हो तर काम गर्ने पत्रकार केही लेख्दैनन् मिडिया मालिक र मिडिया संग जोडिएकाहरु प्रेस लेखेर हिन्छन यो गलत हो ।’
शक्तीको प्रभाव देखाउन मिडिया साहु र मिडियासंग अली जोडिएकाहरुले प्रेस लेख्ने गरेका छन् उनले भने ‘प्रेसको निकै दुरुपयोग भइरहेको छ यो पत्रकार महासंघ र सरकारलेपनि नियन्त्रण गर्नुपर्छ मिडियाका नाममा गैर पत्रकारहरुले प्रेस लेखेर हिन्न पाउँदैन ।’
प्रेस लेखेर गाडीको दुरुपयोग भइरहेको पाइएको पत्रकार महासंघ कैलालीका अध्यक्ष हिमालय जोशीले बताए । प्रेस लेखेर जोकोहीलेपनि गाडी चलाउनु हामी पत्रकार र नागरिकका लागीपनि नराम्रो हो जोशीले भने ‘यो नियन्त्रण गर्नै पर्छ पत्रकारले मिडियाको नाम लेखेर प्रेस लेखोस तर बिना काम को हो कुन मिडियाको हो केही छैन अपसेट प्रेसको पो होकी थाहा हुन्न प्रेस लेखेर हिन्या हुन्छन् ।’
यो बिषयमा पत्रकार महासंघ कैलालीको ध्यानाकर्षण भएको छ उनले भने ‘हामी लगत्तै प्रशासनसंगको समन्वयमा अनुगमन गर्छौँ पत्रकार भन्दा बाहेकका र मिडियाको नाम बिनाका सवारी साधनमा प्रेस लेखेको पाइएमा कार्वाहीपनि गर्छौँ ।’
गाडी या मोटरसाइकलमा प्रेस लेखेर हिन्ने क्रम निकै बढेको छ प्रहरीबाट छल्न सकिन्छ की या केही गलत मनसायले प्रेस लेखेर हिन्छन यो रोक्नुपर्छ पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष योगेश रावलले भने ‘प्रेस लेखेर हिन्नेलाई प्रहरीले झन चेकजाँच गर्नुपर्छ ।’ एदी पत्रकानै हो भने किन प्रेस लेख्पुप¥यो उनले भने ‘त्यस्तै अवस्थामा त ठिकै हो बिना काममा प्रेस लेख्नु ठिक होइन झन त्यसमा गैर पत्रकारहरु बढीजसो प्रेस लेखेर हिन्ने गरेका छन् म त भन्छु प्रेस लेखेर हिन्नेमाथी बढी चेकजाँच हुनुपर्छ ।’
प्रेस काउन्सिल नेपालका सुचना अधिकारी रामशरण बोहराले मिडियाको गाडी तथा मिडियामा काम गर्ने सञ्चारकर्मीले प्रेस लेख्न पाउने बताए । मिडियामा आबद्ध भएको ब्यक्तीले प्रेस लेख्न पायो मिडियाको नाम सहित प्रेस लेख्नु राम्रो उनले भने ‘प्रेस लेखेर दुरुपयोगका लागी होइन सहजताका लागी प्रेस लेख्ने हो अब मिडिया सञ्चालन गरेर दाई, भाईलाई समेत प्रेस कार्ड बाँड्दै गाडीमा प्रेस लेख्न मिल्दैन ।’
खासमा प्रेसको मान्छे भनेको सुचना बिभागको प्रेस कार्ड पाएको पत्रकार हो उनले भने ‘सुचना बिभागको कार्ड पाएकोले लेख्न पाउँछ तर हामीले ब्यवहारिक भएर सक्रिय पत्रकारिता गरिरहेको ब्यक्तीले सुचना बिभागको कार्ड नपाएपनि मिडियाकै कार्डलाई मान्यता दिइरहेका हुन्छौँ हो यस्तो ब्यक्तीले प्रेस लेख्न पाउँछ तर जो कोहीले मिडियासंग आबद्धता देखाउँदै प्रेस लेख्न मिल्दैन ।’
मिडियामा काम गर्ने वा मिडियाकै लागी सञ्चालन हुने गाडी तथा मोटरसाइकलमा लेख्नु ठिकैपनि हो काम अनेक हुने तर प्रेस लेखेर हिन्नु गलत हो बोहराले भने ‘यस्ता गुनासा धेरै आइरहेका हुन्छन् प्रेसधारी मोटरसाइकल र कार छ्यापछ्याप्ती भए हामीले बिज्ञप्ती मार्फतपनि सचेत गराइरहेका हुन्छौँ अती भए कार्वाहीको प्रकृयामा जानै पर्छ ।’
अहिले मिडियामा लगानी गर्ने वा एउटा अनलाइन तथा युटुब सञ्चालन गरेर पत्रकार हुँ भन्ने निकै बढेका छन् । यसले बषौँदेखी पत्रकारिता गरिरहेका ब्यक्तीहरुलाई अशर परेको छ । काम गर्ने ब्यक्ती काम गरिरहने तर गैर पत्रकारले पत्रकारको बिल्ला भिर्दै पत्रकारितालाई बदनाम गर्ने खेल भइरहेको छ यसलाई नियन्त्रण गर्न नसके पत्रकारिता पेषामाथीनै प्रश्न चिन्ह उठ्न सक्छ ।