धनगढी। कैलालीमा सवारी ज्यान मुद्दामा फरार प्रतिवादी पक्राउ परेका छन । जिल्ला अदालत कैलालीबाट कैद र जरिवाना तोकिएका बर्दगोरिया गाँउपालिका- ३ बस्ने २७ बर्षिय कलक बहादुर रोकायालाई प्रहरीले पक्राउ गरेको हो।
सवारी ज्यान मुद्दामा अदालतले २०७१ साल कार्तिक ११ गते २१ दिन कैद र २ हजार जरिवाना तोकेको थियो । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले रोकयालाई घरमै लुकेर बसेको अवस्थामा पक्राउ गरिएको कैलाली प्रहरीले जनाएको छ । पक्राउ परेका प्रतिवादी रोकायालाई सोमबार नै जिल्ला अदालत कैलालीमा पेश गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।