कञ्चनपुर। कञ्चनपुरमा अवैध सामान बरामद गरिएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुर मातहत ईलाका प्रहरी कार्यालय गुलरिया र ईलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरी टोलीले भन्सार छलीका अवैध सामान बरामद गरेको हो।
प्रहरी टोलीले कृष्णपुर नगरपालिका वडा नम्बर ५ हरियाली सामुदायिक बन र भिमदत्त नगरपालिका ११ पसुपति टोल नजिकबाट भन्सार कपडा,सुदर्सन,कमल बिडी र नरिवल गरी १ लाख ५० हजार ८ सय ५० मुल्यका सामान बरामद गरीएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। बेवारिसे अवस्थामा फेला परेका सामान आवश्यक कारबाहीको लागी भन्सार कार्यालयमा पठाएको प्रहरीले बताएको छ।