धनगढी। सुदूरपश्चिम प्रदेशका इन्जिनियर आन्दोलित भएका छन्। गत बिहिवार संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय जनकपुरका निमित्त प्रमुख इन्जिनियर राजेश कुशवाहालाई दुर्व्यवहार गर्ने जनमत पार्टीका कार्यकर्तालाई कारवाही गर्न माग गर्दै उनीहरु आन्दोलित भएका हुन्।
सुदूरपश्चिम प्रदेशका इन्जिनियरहरुले आज कानून मन्त्रालयमा बिरोध प्रदर्शनसमेत गरेका छन्। आज उनीहरुले सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री पूर्ण जोशीलाई ज्ञापनपत्र बुझाएका छन्। ज्ञापनपत्र बुझाउँदै उनीहरुले सोमबार २ घण्टा पेन डाउन गर्ने भएका हुन्।
सोमबार १० देखि १२ बजेसम्म काम नगर्ने नेपाल इन्जिनिर्यस एशोसियसन सुदूरपश्चिमका सभापति लव जोशीले जानकारी दिए। इन्जिनियरहरूको पेसागत हकहितका लागी आन्दोलन गरेको बताउदै उनीहरूले इन्जिनियरहरूको सुरक्षामा सरकार गम्भीर हुनुपर्ने माग गरेका छन् ।