कञ्चनपुर। कञ्चनपुरको बेलौरीमा मोटरसाइकल स्वरुममा चोरी भएको छ । शनिवार राती कञ्चनपुरको बेलौरी बजारमा रहेको डिडी अटो मोवाइल स्वरुममा तोडफोड गरि तिन वटा पल्सर मोटरसाइकल चोरी भएका हुन् ।
बेलौरी बजारस्थित खानेपानि ट्रयांङकी नजिक रहेको स्वरुमबाट सिसीटीभिको तार झिकी ‘पल्सर २०० सिसी १ थान, पल्सर १५० सिसि २ थान मोटरसाइकल चोरी भएको सञ्चालक दिपेन्द्र बिष्टले बताए।
सञ्चालक बिष्टले भने,–‘ सिसिटीभीमा २ जना अनुहार छोपिएको जस्तो आएका देखीन्छन्, क्यामेराको तार झिकी अन्तराष्ट्रिय स्तरको हतियार प्रयोग गरेर ताल्चा टुटाइएको छ,हामीले उक्त हतियार पाएका छौँ। स्वरुमबाट तिन पल्सर बाइक चोरेर लगेको उनले भने । यता प्रहरीले भने घटनाको आवस्यक अनुसन्धान भइरहेको जनाएको छ । इलाका प्रहरी कार्यालयका इन्चार्ज कमल खड्काले चोरी भएका मोटरसाइकलको सुक्ष्मरुपमा अनुशन्धान भइरहेको जानकारी दिए।