धनगढी। कैलालीमा वन मुद्धाका फरार प्रतिवादीलाई पक्राउ गरिएको छ । कैलालीको गौरीगंगा नगरपालिका ५ अण्डैया बस्ने ३० वर्षिय नारायण साउदलाई प्रहरीले पक्राउ गरेको हो।
कैलाली जिल्ला अदालतको मिति २०७२ असार २८ गतेको फैसला अनुसार बन मुद्धामा १ लाख १ हजार ३ सय ४६ रुपैयाँ जरिवाना तोकिएकोमा फरार रहेका थिए । फरार रहेका साउदलाई आज ईलाका प्रहरी कार्यालय मसुरीयाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो।
साउदलाई पक्राउ गरेर कारवाहीका कैलाली जिल्ला अदालत धनगढीमा उपस्थित गराईएको बताईएको छ। .जिल्ला अदालतले ०७२ असार २८ गते उनलाई वन मुद्धामा रु।१,०१,३४६ जरिमाना तोकेको थियो।