धनगढी। सुदूरपश्चिम प्रदेशमा बाढीपहिरोबाट मृत्यु हुनेको संख्या ३७ पुगेको छ। गत असोज ३१ गतेदेखि अविरल वर्षासँगै भएको विपद्का घटनामा परी हालसम्म यस ३७ जनाको मृत्यु भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ।
बाढीपहिरो, डुबानमा परी सुदूरपश्चिममा सबैभन्दा बढी डोटीमा मानवीय क्षति भएको छ। डोटीमा १६ जनाको मृत्यु भएको छ। यस्तै बझाङमा १२, बैतडीमा ४, डडेल्धुरामा ३, अछाम र कैलालीमा १/१ जनाको मृत्यु भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ।
यस्तै सुदूरपश्चिममा बाढीपहिरोबाट २२ जना अझै बेपत्ता रहेका छन् । बेपत्ता हुनेमा बझाङमा १९ र बैतडी, डोटी, कैलालीमा १/ १ छन्। यस्तै विपदमा परेर १७ जना घाइते भएका छन्। डोटीका ११, डडेल्धुराका २, बैतडीका २ र बझाङ र बाजुराका १/ १ जना घाइते भएका हुन्।क्षतीको बिवरण यसु प्रकार छ…