धनगढी। सेती प्रादेशिक अस्पतालमा शनिबार एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। अस्पतालका सुचना अधिकारी श्रेष्ठका अनुसार मृत्यु हुनेमा कञ्चनपुरको वेदकोट नगरपालिका ५ का ३५ बर्षीय महिलाको मृत्यु भएको हो।
यस्तै पछिल्लो २४ घण्टामा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। ६४ जनाको नमूना परिक्षण गरिएकोमा ६ जनामा संक्रमण पुष्टि भएको छ। ५८ जनामा कोरोना संक्रमण नेगेटिभ देखीएको छ।
हाल अस्पतालमा ११ जना कोरोना संक्रमितको उपचार भइरहेको छ। जसमध्ये ६ जनाको आइसियुमा उपचार भईरहेको छ भने २ जनाको भेन्टिलेटरमा उपचार भइरहेको अस्पतालका सुचना अधिकारी श्रेष्ठले जानकारी दिए ।