धनगढी । पिडि डेरि उद्योग फोटो ब्युटी कम्टिसन २०७८ को उपाधी प्रगती उपाध्यायले हात पारेकी छन् ।
उनले नगद १०००० , एउटा म्युजिक भिडियोमा अवसर, ब्यावसायिक दुलही फोटो सुटको अवसर प्राप्त गरेकी छिन् । यस्तै फास्ट रनर अप आस्था पान्डेय भएकी छिन् । उनले ब्यावसायिक फोटो सुट, १ महिना निशुल्क जिमको अवसर र गिफ्ट हेम्पर प्राप्त गरेकी छिन् ।
यस्तै सेकेन्ड रनर अप शृजना कोइराला भएकी छिन् । उनले पनि ब्यावसायिक फोटो सुट, १ महिना निशुल्क जिमको अवसर र गिफ्ट हेम्पर प्राप्त गरेकी छिन् । पिडि डेरि उद्योगको प्रस्तुती तथा निका क्रेसनको आयोजनामा भएको कार्यक्रमको निर्देशन दिपेन भट्टले गरेका थिए ।
धनगढीको एस टि एस सिनेमा प्राङ्गणमा भएको समापन कार्यक्रममा पिडि डेरि उद्योगकि प्रबन्ध निर्देशक प्रतिभा धामि प्रमुख अतिथी रहेकी थिइन भने डेरि उद्योगकै सिइओ गणेश धामी विशिष्ट अतिथी रहेका थिए । प्रमुख अतिथी तथा विशिष्ट अतिथी धामी द्वयले उपाधी प्राप्त गर्ने तथा फस्ट रनर अप, सेकेन्ड रनर अपलाइ खादा ओढाउदै पुरुस्कार तथा गिफ्ट हेम्पर हस्तान्तरण गरेका थिए ।