धनगढी : दशैँको रमझम शुरु भएसंगै धनगढीका पत्रकारहरुलाई कतैबाट मदिरा त कतैबाट नगद आउँछ । दशैँ मनाउनका लागी यहाँका पत्रकारहरुलाई प्रहरी र ब्यवसायीहरुले नगद र मदिरा उपहार दिने गरेका छन् ।
प्रहरीको गल्ती छुपाएर पक्षमा लेखिदिने र ब्यवसायीका गलत काम लुकाएर राम्रा पक्षमा सहयोग गर्ने पत्रकारहरुलाई दशैँमा मदिरा र नगद दिने गरिन्छ । धनगढीमा कार्यरत राष्ट्रिय टेलिभिजन तथा पत्रिकाका ब्युरो प्रमुखलाई ग्राह्यता दिएर मदिरा तथा नगद बाँड्ने गरिन्छ र स्थानिय मिडियाका समाचार प्रमुख तथा सहयोगी पत्रकारहरुलाई हेरेर मदिरा र नगद बाँड्ने गरिन्छ ।
यस बर्ष रेड लेवलको चर्चा
सुदूरपश्चिम प्रदेश प्रहरीले यस बर्ष धनगढीका पत्रकारहरुलाई रेड लेवल बाँडेको चर्चा निकै चल्यो । प्रहरीलाई सहयोग गरिरहने तथा सहयोग गरुन भन्ने धेयले प्रदेश प्रहरीबाट सादा पोषाकमा खटिने प्रहरीले यहाँका पत्रकारहरुलाई रेड लेवल बाँड्यो ।
सञ्चार गृहमै पुगेर समेत प्रहरीले रेड लेवल पत्रकारलाई दिएको खुलेको छ । पत्रकारहरुलाई मदिरा दिएपछि एक आपसमा कुरा हुँदा यो कुरा बाहिरिएको हो । केही पत्रकारहरुले यसको बिरोध समेत गरेका थिए ।
पत्रकार महासंघका पुर्व केन्द्रिय सदस्य समेत रहेका नागरिक दैनिकका सुदूरपश्चिम ब्युरो प्रमुख दील बहादूर छत्यालले फेसबुक स्टाटस लेखेरै त्यसको बिरोध गरेका थिए ।
O21ctoSb9tep5r 14 o9nms3a0t h6:08r PfeMd ·
दशैमा केही आफूलाई ठूला ठान्ने पत्रकार लगायतलाई प्रहरी प्रशासनका हाकिमहरुबाट दशै खर्च, सिग्नेचर, रेडलेबल, ब्ल्याक लेबल उपहार दिएको कुराको चियापसल देखि दारुभट्टि सम्म चर्चा छ ! यदि यो सत्य हो भने पृथ्बीनारायण शाहले भनेजस्तै घुस लिने र दिने दुवै देशका शत्रु हुन । यिनकै कारणले समाजमा बिकृती, बेथिती, भ्रष्टाचार र अपराधिक कृयाकलापलाई बल पुगेको नकार्न सकिँदैन !!
प्रहरी प्रशासनको यस प्रकारको कार्यशैली र पत्रकारको नाममा उपहार लिने व्यक्तिका कारण सिंगो पत्रकार जगत नै बद्नाम हुने गरेको नेपाल पत्रकार महासंघ कैलालीका अध्यक्ष हिमाल जोशीले बताए । प्रहरीले भने प्रहरीले पत्रकारलाई मदिरा बाँडेको कुरा गलत भएको बताएको छ ।
प्रतिस्ठीत ब्यवसायी किन बाँड्छन् त नगद र मदिरा
प्रहरी मात्रै नभएर धनगढीका प्रतिस्ठीत ब्यवसायीपनि यहाँका पत्रकारहरुलाई दशैँका बेला नगद बाँड्ने गरेका छन् । पत्रकारको हैसियत हेरेर ५ हजार देखी २० हजारसम्म यहाँका ब्यवसायीले दशैँमा नगद बाँड्ने गरेका छन् ।
धनगढीका प्रतिस्ठीत ब्यवसायी, उधोगी, निर्माण ब्यवसायी, समाजसेवी भनिनेहरुले बर्षै पिच्छे यहाँका पत्रकारहरुलाई नगद रकम वितरण गर्ने गरेका छन् ।
आफ्नो पक्षमा कलम चलाउने पत्रकारहरुलाई ब्यवसायीले बर्षै प्रत्येक दशैँमा नगद बाँड्ने गरेका छन् । प्रहरी जस्तै आफ्नो पक्षमा तान्न आफ्ना गलत कामलाई ढाकछोप गराउन पत्रकारहरुलाई नगद पैँसा बाँड्ने गरेको समेत उनलाई आरोप लागेको छ ।