धनगढी : बाढी र पहिरोमा परी सुदूरपश्चिम प्रदेशमा मृत्यु हुनेको संख्या ३० पुगेको छ । मृत्यु हुनेमा सबैभन्दा बढी डोटीमा १५, १५, बझाङमा ८, बैतडीमा चार, डडेल्धुरामा दुई र कैलालीमा एक जना रहेका छन् ।
पहिरोमा परी प्रदेशभरी २४ जना बेपत्ता भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । बझाङमा पहिरोमा परेकाहरुको उद्धारमा नेपाली सेना रहेको छ । सेनाले हेलिकोप्टरमार्फत पहिरोमा परेकाहरुको उद्धार र खोजी कार्य गरिरहेको छ । यस्तै बाढीपहिरोका कारण १६ जना घाइते भएका छन् ।