धनगढी । कर्णाली नदीको बाढी कैलालीको टीकापुर बजार क्षेत्रमा समेत पसेको छ। टीकापुर नगरपालिका वडा नं। १ का ब्लक नं। ए, बी, सी, १५, १६, १७, १८, २० लगायत क्षेत्रमा बाढी पसेको छ।
टीकापुर नगरपालिका नगर प्रमुख तपेन्द्र रावलले बजार क्षेत्रमा पानी पसेको बताउँदै पथरैयाबाट नदीले कटान गरेपछि जोखिम उच्च भएको बताए।
यस्तै वडा नं। २ को विजगनगर क्षेत्रबाट कर्णाली नदी गाउँ पस्दा विजयनगर, शक्तिनगर लगायतका सुकुम्बासी बस्ती डुबानमा परेका छन्।फोटो फिचर