धनगढी । अविरल वर्षाका कारण धान खेतमै डुबेपछि कैलालीको कैलारी गाउँपालिका किसानहरु चिन्तित भएका छन् । अधिकांश किसानहरुको काटेर राखेको धान खेतमै डुबेको छ । फोटो फिचर
कैलारीमा गतवर्ष भन्दा यस वर्ष धान राम्रो फलेपछि किसानहरु उत्साहित थिए । तर धान भित्राउने बेलाको बेमौसमी वर्षातले भने उनीहरुलाई निराश बनाएको छ । कतिपयको धान खोलामा आएको बाढीले बगाएको छ भने कतिपयको धान खेतमै डुबेको छ ।
खेतमा काटेर राखेको धानमा आइतबार दिउँसोदेखिको निरन्तर वर्षाका कारण ठूलो नोक्सानी भएको कैलारी गाउँपालिका वडा नम्बर ६ वनौलीका जालुराम चौधरीले बताए ।