धनगढी । सुदूरपश्चिमका पहाडी ७ जिल्ला जोड्ने भीमदत्त राजमार्ग १५ घण्टा देखि अवरुद्ध छ । कैलालीको भासु भिर नजिक गएको पहिरोका कारण सोमबार साँझ ७ बजेदेखि राजमार्ग अवरुद्ध भएको हो।
पहिरोले सडक अवरुद्ध हुँदा सयौ भन्दा बढी सवारी साधन र सयौं यात्रु अलपत्र परेका छन् । बिरामी बोकेका एम्बुलेन्ससहित दर्जनौ गाडी भिरमा रहेकाले माथिबाट निरन्तर आइरहेको ढुङ्गा र पहिरोमा पर्न सक्ने उच्च जोखिम छ। रातभरी सयौ यात्रुले भासु भिर नजिकै भिरमा त्रासदिपुर्ण रात बिताएको यात्रुहरुले गुनासो गरेका छन् ।
सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख प्रहरी उपरीक्षक बामदेव गौतमले आज विहानदेख राजमार्ग खोल्ने प्रयास भइरहेको बताए।