धनगढी । कैलालीमा जीप र बस एकआपसमा ठोक्किँदा ५ जना घाइते भएका छन्। जिल्लाको गोदावरी नगरपालिका ४ सेल्फी डाँडामा दुर्घटना हुँदा ५ जना घाइते भएका हुन्।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतिक बिष्टका अनुसार बैतडी दशरथचन्द ९ ग्वाल्लेक बस्ने ३० वर्षका नरेश जोशी, वडा नम्बर ३ बस्ने वर्ष २० का बिरेन्द्र नाथ, पाटन नगरपालिका ९ खोडपे बस्ने वर्ष १८ का महेशसिंह भाट, कैलालीको गोदावरी नगरपालिका ५ गेटा बस्ने वर्ष ६० का रामदत्त भट्टराई र कञ्चनपुरको कृष्णपुर ५ बस्ने वर्ष १८ का दीपक जोशी घाइते भएका हुन्।
घाइतेको अत्तरीयास्थित पदमा अस्पतालमा उपचार भइरहेको छ। अत्तरीयाबाट बैतडीतर्फ जाँदै गरेको से.१ ज. ९२० नम्बरको बोलेरो जीप र बिपरीत दिशा तर्फबाट आउँदै गरेको ना.४ ख ८४२८ नम्बरको बस एकआपसमा ठोक्किँदा जीपमा सवार ५ जना घाइते भएका हुन्।