कैलाली। हुलाकी राजमार्गअन्तर्गत बर्दिया- कैलाली जोड्ने सत्तिघाटको पुल अस्थायी रूपमा सञ्चालनमा आएको छ ।
पुलको पूर्वीभागको पहिलो र दोश्रो पिल्लरको एक्सपान्सन जोइन्ट भासिएपछि अवरुद्ध भएको पुल अस्थायी रूपमा सञ्चालनमा आएको हो ।तत्कालका लागि पुललाई सोझो बनाएर सञ्चालनमा ल्याइएको हुलाकी राजमार्ग आयोजना क्षेत्रीय कार्यालय नेपालगन्जका प्रमुख गागलबहादुर भण्डारीले जानकारी दिए ।
पुलमा समस्या आउँदा ठूला, मझौला र हलुका सवारी साधनले महेन्द्र राजमार्ग भएर लामो यात्रा गर्नुपर्ने बाध्यता थियो । मोटरसाइकल यात्रीले भने राजापुरको दौलतपुरघाटको स्टिमर तरेर जोखिमपूर्ण यात्रा गर्दे आएका थिए । पुल सञ्चालनमा आएपछि यात्रु र यातायात व्यवसायीले राहत महसुस गरेका छन् ।


