धनगढी। धनगढी उपमहानगरपालीका ३ मा रहेको गौ संरक्षण सेवा समितीद्धारा सहयोगीदातामा दशैँ तिहार र छठ पर्वको शुभकामना ब्यक्त गरिएको छ ।
गौ संरक्षण सेवा समितीका अभियान कर्ता यस्पाल अबस्थीले गौशालाको संरक्षण र सम्बद्र्धनमा खटिने तथा प्रत्येक्ष अप्रत्यक्ष रुपमा सहयोग गर्ने सम्पुर्णमा शुभकामना ब्यक्त गरिएको बताएका छन् ।
दानकर्ता तथा सहयोगीलाई सामाजिक सञ्जाल मार्फत दशैँ तिहार तथा छठ पर्वको शुभकामना ब्यक्त गर्दै अबस्थीले गौ संरक्षण सेवामा दिनरात खटिने तथा सहयोगी, बुद्धीजिवी, समाजसेवी, प्रहरी प्रसासन, ब्यापारी, शिक्षक तथा देश-बिदेशबाट समेत गौशालालाई सहयोग गर्ने सम्पुर्णमा आफु र सेवा समिती मार्फत शुभकामना ब्यक्त गरेको जानकारी दिए । बडा दशैँ २०७८ को शुभकामना तथा शुस्वास्थ्य दिर्घायुकोमा कामनाका साथै आगामी दिनमा पनी यस्तै साथ सहयोग र बिश्वास रहने अपेक्षा ब्यक्त गरिएको जानकारी दिए ।