धनगढी। धनगढीबाट शेयर बजारमा लगानी गर्दै आएका पुँजीबजार लगानीकर्ताहरुले शेयर बजारको विश्लेषण तथा सो विषयमा आफ्ना बुझाई र अनुभव आदान प्रदान गरेका छन् ।
नेपाल पुँजीबजार लगानीकर्ता संघ सुदूरपश्चिम प्रदेश कमिटीले शनिबार धनगढीमा आयोजना गरेको बडा दशैं, दिपावली तथा छठ पर्वको शुभकामना आदान प्रदान कार्यक्रम उनीहरुले शुभकामना आदानप्रदानसंगै पुँजीबजार बारे समेत छलफल गरेका हुन् । उनलीहरु शेयर बजारको विश्लेषण तथा सो विषयमा आफ्ना बुझाई र अनुभव पनि आदान प्रदान गरेका थिए।
उनीहरुले पुँजीबजारमा लगानी गर्दा शेयर निश्कासन गर्ने कम्पनीको वासलात तथा त्रैमासिक र वार्षिक प्रतिवेदन राम्रोसंग अध्ययन गरी निरन्तर नाफा कमाइरहेको कम्पनीमा लगानी गर्न उपयुक्त हुने बताए । प्राइमरी र सेकेन्डरी मार्केटमा लगानी गर्नका लागि अध्ययन नै प्रमुख विषय रहेको उनीहरुले बताए । संघको सुदूरपश्चिम प्रदेश कमिटीका अध्यक्ष कुमार थापाको अध्यक्षमा भएको कार्यक्रममा शेयर बजारमा पहिलेदेखि कारोबार गर्दै आएका र नव प्रवेशी लगानीकर्ताहरुको सहभागिता थियो ।