धनगढी। नेपाल औषधि तथा बिक्री प्रतिनिधी संघ धनगढी इकाईद्धारा आउँदै गरेको दसैँ, तिहार तथा छठ पर्वको अवसरमा शुभ कामना आदानप्रदान कार्यक्रम गरेको छ।
नेपाल औषधि तथा बिक्री प्रतिनिधी संघ धनगढी इकाईले आज धनगढीमा एक कार्यक्रमको आयोजना गर्दै दसैँ, तिहार तथा छठ पर्वको अवसरमा शुभ कामना आदानप्रदान तथा चियापान कार्यक्रम आयोजना गरी शुभकामना आदानप्रदान कार्यक्रम गरिएको हो।
कार्यक्रमका आयोजक तथा नेपाल औषधि तथा बिक्री प्रतिनिधी संघ धनगढी इकाईका अध्यक्ष दिनेश भट्टको सभापतिमा शुभ कामना आदानप्रदान कार्यक्रम सञ्चालन गरिएको थियो । शुभ कामना आदानप्रदान कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष भट्टले सबैमा सुख शान्ति र समृद्र्धिको कामना ब्यक्त गरेका छन् । यस्तै कार्यक्रमका प्रमुख अतिथि धनगढी इकाईका संस्थापक अध्यक्ष सन्तोष बर्नवाल रहेका थिए ।
यस्तै अथितीहरुमा पूर्व अध्यक्ष समिर भण्डारी, डम्बर एरी, कमल पनेरू, मिन शाह लगायत निवर्तमान कार्यसमिति, निवर्तमान सल्लाहार समिति, वर्तमान कार्य समिति तथा सम्पूर्ण सदस्यहरुको उपस्थिति रहेको थियो।साथै कार्यक्रममा बिभिन्न ब्यक्तीत्वहरुलाई स्वागत तथा सम्मान पत्र बितरण गरिएको थियो। कार्यक्रम धनगढीको होटेल सौराईमा सम्पन्न भएको हो। शुभ कामना आदानप्रदान कार्यक्रम संस्थाका सचिब हरि अधिकारीले सञ्चालन गरेका थिए भने स्वागत मन्तव्य बरिष्ठ उपाध्यक्ष तारा ओझाले गरेका थिए ।


