बाजुरा। बाजुरामा जीप दुर्घटना हुँदा ३ जना घाइते भएका छन्। बाजुरा सदरमुकाम मार्तडीबाट बडिमालिका नगरपालिका वडा नम्बर ६ कोर्ध जान लागेको जीप दुर्घटना भएको प्रहरीले जनाएको छ।
बा २१ च ४३२ नम्मरको जीप अनियन्त्रित भइ दुर्घटना हुँदा शुक्रवार ३ जना घाइते भएका हुन्। घाइते हुनेमा बडिमालिका नगरपालिका ६ का भिम थापा, डम्मर दानि र धन बहादुर थापा रहेका छन ।
घाइते ३ जना मध्ये धनबहादुर थापालाइ गम्भिर चोट लागेको जनाएको छ। गम्भिर घाइते भएका थापालाइ जिल्ला अस्पताल बाजुरामा उपचार सम्भव नभएको भन्दै रिफर गरीएको जिल्ला अस्पताल बाजुराले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी प्रहरीले जनाएको छ ।