धनगढी। सुदुरपश्चिम प्रदेशको युवा नीति माथिको प्रारम्भिक छलफल तथा दुई दिने गोष्ठि आज सम्पन्न भएको छ। प्रदेश युवा परिषद्ले आयोजना गरेको उक्त गोष्ठिमा प्रदेशको युवा नीति निर्माण गर्दा समेटनु पर्ने मुख्य मुख्य कार्यहरुका सन्दर्भमा सहभागीहरुबाट सुझाव संकलन गरिएको जनाइएको छ।
प्रारम्भिक गोष्ठीको पहिलोदिन समूह बिभाजन गराई समुहगत रुपमा सुझाव संकलन गरिएको थियो। शिक्षा, स्वास्थ्य, श्रम रोजगार, युवा सुरक्षा, युवा सहभागीता, युवा उद्दमशिलता, नेतृत्व बिकास जस्ता कुराहरुलाई प्राथमिकीकरण गरि प्रदेश बिकासको मुल प्रवाहिकरणमा युवालाई समेटनु पर्ने लगायताका सुझाव समूहबाट संकलन गरिएको परिषद्का कार्यकारी उपाध्यक्ष युवराज कुँवरले जानकारी दिए ।
प्रारम्भिक छलफलका क्रममा १६ देखि २४ बर्ष सम्म उमेर समुहका युवाहरुलाई कार्यक्रममा सहभागी गराई युवा आंकाक्षा र उनिहरुको यस अवस्थाको चाँसोलाई नितिमा कसरी समाबिष्ट गर्न सकिन्छ भन्ने उदेश्यले कार्यक्रम आयोजना गरिएको उनले जानकारी दिएका हुन् । कार्यक्रममा सहभागिहरुले युवाहरुले हाम्रा आवाजहरु सम्बोधन गर्ने प्रयास गरेको भन्दै खुसी ब्यक्त गर्दै परिषद्लाई धन्यवाद दिएका छन् । कार्यक्रममा प्रमुख अतिथि रहेका प्रदेशका सामाजिक बिकास मन्त्री लाल बहादुर खड्काले छलफलमा सहभागी युवाहरु बाट आएको सुझावलाई सम्पादन गरि अब बन्ने प्रदेशको युवा नितिमा समेटिने अश्वासन दिए।
यसै प्रशङ्गमा उनले प्रदेस सरकारले अब छिट्टै प्रदेशकै एक मात्र बहुआयामिक तालिम हल निर्माण गरि सबै प्रकारका तालिमहरु एउटै छाना मुनि उपलब्ध हुने गरि योजना अघाडी बढिरहेको जानकारी दिए । युवाका विभिन्न क्षेत्रमा कार्यरत ब्यक्ती एबम बिद्यार्थीहरु गरि करिब ८० जना सहभागी रहेको थियो। उक्त कार्यक्रममा प्रदेश नीति तथा योजना आयोगका कार्यबाहक उपाध्यक्ष मोहन देब बिष्ट, प्रदेश सभा सदस्य शान्ती नेपालीले शुभकामना ब्यक्त गरेका थिए । परिषद्का कार्यकारी उपाध्यक्ष युवराज कुंवरको सभापतित्व रहेको उक्त कार्यक्रमको संचालन परिषद्का कार्यकारी सदस्य शेर बहादुर बिष्टले गरेका थिए ।