धनगढी। धनगढीमा अपाङ्गता भएका व्यक्तिलाई घरमै गएर कोरोना विरुद्धको खोप दिइएको छ। कोर्डरेड, लुथरन बिश्व फेडरेसन नेपाल दिगो बिकास समाज भजनी र सर्वाङिण अपांगता बिकास समाज नेपालको सँयुक्त साझेदारीमा अपांगता भएका ब्यक्तिहरुलाई घर दैलोमै गएर कोरोना विरुद्धको खोप दिइएको हो ।खोप लगाउन पुर्ण अशक्त र अति अशक्त अपांगलाई बेवास्ता गरेपछि घर दैलोमा गई कोरोना विरुद्धको खोप लगाइएको लगाइएको सर्वाङ्गीण अपांगता बिकास समाज नेपालका निर्देशक नन्दराज भट्टले जानकारी दिए । धनगढी उप महानगर पालिकाका १५ वडा, मानव सेवा आश्रम , दृस्टी फाउन्डेसनमा रहेका असहाय अपांगता नागरिक गरी १४८ जनाको घर दैलो खोप सफलता पुर्वक सम्पन्न गरिएको छ ।
भने अरु चार वडामा देखि निरन्तर अभियान संचालन भइरहेकोले करिब २०० अपांगता नागरिक यो अभियानबाट लाभान्वित हुनेछ्न । उक्त खोप अभियान असोज १९ गतेका दिन धनगढी उप महानगरपालिका कार्यालय स्वास्थ्य शाखाको समन्वयमा धनगढी उप महानगर पालिकाका नगर उप प्रमुख सुशीला मिश्र भट्ट र कोरोना सम्पर्क प्रमुख लक्ष्मी उपाध्यायद्वारा सुरुवात गरिएको थियो ।