धनगढी उपमहानगरपालिकाले हिँडडुल गर्न नसक्ने पुर्ण अशक्त र अति अशक्त सबै उमेरका अपाङ्गता भएका व्यक्तिहरूलाई घर घरमा गई कोरोनाको खोप लगाईएको छ । सरकारले ज्येष्ठ नागरिकलाई प्राथमिकतामा राखेर खोप अभियान शुरु गरेपनि अपाङ्गता भएका व्यक्तिहरू त्यस बाट बञ्चित भएपछि अहिले उपमहानगरपालिकाले अपाङगता भएका एक सय ३५ जनालाई घरमै गएर कोभिड–१९ विरुद्धको खोप लगाइएका हो । अपाङगता भएका ब्यक्तिहरुका लागी काम गर्ने विभिन्न संघ संस्थाहरुको सहयोगमा घरघरमा गएर उनिहरु लाई खोप लगाएको हो ।
कोभिड–१९ विरुद्धको खोप पाएपछि हिँडडुल गर्न नसक्ने अपाङता भएका ब्यक्ति र परिवारका सदस्य खुशी भएका छन् । राज्यले अहिले सम्म कोरोना महामारीमा अपाङगता भएका ब्यक्ति लाई प्रथमिकता नदिएको भन्दै विभिन्न संघ संस्थाले विरोध गदै आएपछि ढिलै भएपनि उनिहरुले खोप पाएका हुन् । खोप केन्द्रमा जान सम्ने अवस्था नभएका उनिहरु लाई उपमहानगरपालिकाको स्वास्थ्य साखाको टिमले खोप लगाएको हो ।
टोलीले अपाङगता भएका विद्याथीहरु लाई विद्यालयमा गएर खोप लगाएको छ । कोरोनाको महामारीमा अपाङगता भएका विद्यार्थीहरु पनि संक्रमित भएका कारण उनिहरु लाई कोभिड लाग्न बाट बचाउँन खोप लगाउँन आवश्यक रहेको दक्षिण कालि बहिरा आवासिय विद्यालय धनगढीका शिक्षक परिर्वतन कोइरालाले जानकारी दिए । उनले खोप कार्यक्रम विद्यालयमा आउँनु उपलब्धी मुलक काम भएको जानकारी दिए ।
दिगो विकास समाजको आर्थिक सहयोग तथा सर्वाङिण अपांगता बिकास समाज नेपालको समन्वय हिजो र आज गरी धनगढी उपमानगरपालिकाका १५ वटा वडाका एक सय ३५ जना अपाङगता भएका ब्यक्ति लाई खोप लगाईएको सर्वाङिण अपांगता बिकास समाज नेपालका कार्यकारी निर्देशक नन्दराज भट्टले जानकारी दिए ।
भट्टले खोप अभियानमा धनगढी उपमहानगरपालिकाले कोभिडको भ्याक्सिन र स्वास्थ्यकर्मीको टोल सहयोग गरेको जानकारी दिए । कोभिड–१९ विरुद्धको खोप लगाउने अभियान अन्तरर्गत मंगलबार ८७ जना र बुधबार ४८ जना लाई खोल लगाएको भट्टले जानकारी दिए । उनले १५ वटा वडामा खोप कार्यक्रम सम्पन भएपनि अझै १४, १५, १६ र १७ नम्बर वडामा बाँकी रहेको जानकारी दिए ।