धनगढी। चाडपर्व नजिकएपछि कैलालीमा बजार अनुगमनलाई तिब्रता दिइएको छ। मंगलबार कैलालीको अत्तरिया बजारमा जिल्ला प्रशासन कार्यालय,खाध्य प्रबिधि तथा गुण नियन्त्रण कार्यालय, वाणिज्य आपूर्ती तथा उपभोक्ता संरक्षण कार्यालय र घरेलु तथा साना उधोग कार्यालय कैलालीको संयुक्त आयोजनामा अत्तरिया बजार अनुगमन गरिएको छ।
चार्डपर्व नजिकिदै जादाँ पनि बजार नहुदाँ उपभोक्ताहरु ठगिन थालेको गुनासो बढेपछि अत्तरिया बजारमा रहेका बिभिन्न ८ वटा किराना र ४ वटा होटलहरु गरि १२ वटा पसलमा अनुगमन गरिएको थियो। ६ वटा पसलहरुबाट ७८ हजार ८ सय १५ रुपैयाका अबैध सूर्ती जन्य पदार्थका साथै म्याद नाघेर खान योग्य नभएका खाध्य सामाग्रीहरु बरामद गरि नष्ट गरिएको वाणिज्य आपूर्ती तथा उपभोक्ता संरक्षण कार्यालय कैलालीका निमित्त प्रमुख ललित प्रसाद पन्तले बताए ।
जिल्ला प्रशासनको नेतृत्वमा खाद्य निरिक्षक सहित जिल्लाका नियमनकारी निकायहरुका प्रतिनिधीहरुको संयुक्त टोलीबाट गरिएको चाड्वाड लक्षित बजार अनुगमनको निरंतरता दिइएको खाद्य प्रबिधि तथा गुण नियन्त्रण धनगढीका प्रमुख नवराज दाहालले जानकारी दिए । महेन्द्रनगर रोडमा रहेको न्यू जयलक्ष्मी किराना पसलवाट ३९ हजार २० रुपैया बराबरका अबैध सुर्तिजन्य पदार्थ र म्याद नाघेका खाध्य सामाग्रीहरु बरामद गरि तत्काल नष्ट गरिएको छ। अनुगमनमा जिल्ला प्रशासन कार्यालय कैलालीका सुचना अधिकारी शिवराज जोशी, वाणिज्य आपूर्ती तथा उभोक्ता संरक्षण कार्यालय कैलालीका निमित्त प्रमुख ललित प्रसाद पन्त, खाध्य प्रबिधि तथा गुण नियन्त्रणको कार्यालय कैलालीका खाद्य निरीक्षक विजय पराजुली र सरोज पौडेल, घरेलु तथा साना उधोग कार्यालय कैलालीका देव सिंह ठगुन्ना , जिल्ला प्रशासन कार्यालय कैलालीकी शान्ति उपाध्याय, नेपाली उपभोक्ता संरक्षण महासंघ सुदूरपश्चिमका अध्यक्ष रामचन्द्र जोशी, नेपाली उपभोक्ता संरक्षण महासंघ सुदूरपश्चिमकी प्रबक्ता शोभा राबल लगायत पत्रकारको सहभागिता रहेको थियो । 


