धनगढी। कैलालीमा बिभिन्न मुद्धाका सात जना फरार प्रतिवादी पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार
करणी अभियोगका कैलारी गाउँपालिका वडा नम्बर १ का बिनोद चौधरी पक्राउ परेका छन्।
उनलाई कैलाली जिल्ला अदालतले ३ बर्ष ११ महिना ५ दिन कैद सजाय तोकेको थियो । उनी २०७५भदौ २० गतेदेखि फरार रहेका थिए ।यस्तै, करणी कसुरमा बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ का २२ वर्षिय अशोक चौधरी पक्राउ परेका छन्। जबरजस्ती करणीको कसूरमा उनलाई कैलाली जिल्ला अदालतले ३ बर्ष कैद सजायको फैसला गरेको थियो । उनी २०७२ असार २१ बाट फरार रहेका थिए।
त्यसैगरी लागू औषध मुद्दाका धनगढी उपमहानगरपालिका वडा नम्बर १ को शत्रुजित जोशी पक्राउ परेका छन्। कैलाली जिल्ला अदालतबाट लागूऔषध मुद्दामा मिति २०६६बैशाख १२ गते रु ५ सय जरिवाना भई फरार रहेका जोशीलाई पक्राउगरी सम्मानित जिल्ला अदालतमा पेश गरिएको छ । यस्तै, वन मुद्दाका धनगढी उपमहानगरपालिका १७ का १९ वर्षिय अमन चौधरी, २९ वर्षका कृष्ण राना, सोही स्थानका १८ वर्षिय अभिषेक चौधरी र ३० वर्षका बब्लु रानालाई प्रहरीले पक्राउ गरेको हो। २०७८ साउन ८ गते उनीहरुले गौरीगंगा नगरपालिका वडा नं। ६ मा विना इजाजत वन पैदावार ओसार पसार गरेको अभियोगमा डिभिजन वन कार्यालय कैलालीले मुद्दा दायर गरी निजहरुका विरुद्द वन ऐन, २०७६ को दफा ५८९२० बमोजिम सम्मानित कैलाली जिल्ला अदालतबाट पक्राउ अनुमती लिएको थियो । आवश्यक कानुनी कारवाहीको लागि निजहरुलाई डिभिजन वन कार्यालय धनगढीमा बुझाईएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।


