धनगढी। नेपाल उपभोक्ता संरक्षण महासङ्घ सुदूरपश्चिमको अध्यक्षमा रामचन्द्र जोशी चयन भएका छन् । सुदूरपश्चिममा नेपाल उपभोक्ता संरक्षण महासङ्घको प्रदेश कमिटी गठन गरि अध्यक्षमा जोशीलाई चयन गरिएको हो।
महासङ्घको प्रदेश अधिवेशनबाट रामचन्द्र जोशीको अध्यक्षतामा २४ सदस्य कमिटी गठन गरिएको जनाइएको छ। जसको उपाध्यक्षमा लक्ष्मी केसी,लक्ष्मण साउद,सचिवमा बल बहादुर साउद र कोषाध्यक्षमा अनुपा चौधरी चयन भएका छन्।
यस्तै सदस्यहरुमा लक्ष्मी रिमाल, दिनेश पाण्डेय, गोमा भट्टराई, सिता गिरी,काजल नाथ,लक्ष्मी गिरी, देवराज उपाध्याय, कुम्भ बहादुर कडायत, मञ्जु सिँह, धन कहादुर चदारा, राधिका साउँद, रामदत्त भट्ट, शोभा रावल, जानकी रावल, कन्नकला राना, भवानी ऐर, मिलन बिक रहेका छन्। यस्तै, अधिवेशनले १७ सदस्य पनि चयन गरेको छ।
वरिष्ठ उपाध्यक्ष र महासचिव भने हाल चयन गरिएको छैन । नवगठित कमिटीका अध्यक्ष जोशीले उपभोक्ताको हक,हित संरक्षणका लागी प्रतिबद्ध भएर काम गर्ने बताएका छन् । ‘हामीले उपभोक्ताको हितका लागी बजार अनुगमनमा जोड दिन्छौँ,बजारको कालोबजारी रोक्न सक्दो पहल गर्छौँ,जोशीले भने,‘अहिले प्रदेश कमिटी निर्माण भएको छ,केही समयमा हामीले प्रत्येक जिल्ला र प्रदेशभरका ८८ वटै स्थानियतहमा कमिटी गठन गर्छौैँ।’


