धनगढी। सबै प्रकारका अपांगता भएका नागरिकहरुको गणना, सहभागिता र कानुनी प्रावधान सम्बन्धि कार्यशाला गोष्ठि धनगढीमा सम्पन्न भएको छ। सर्वाङिण अपांगता बिकास समाज, नेपालको आयोजना, दिगो बिकाश समाज भजनी कैलाली र लुथरन विश्व फेडेरेशनको सहयोगमा कार्यशाला गोष्ठिको आयोजना गरिएको थियो।
राष्ट्रिय जनगणनामा अपांगता भएका नागरिकहरुको गणना, सहभागिता र गणकहरुको क्षमता बिकासगरि अपांगता नागरिकहरुको वास्तविक तथ्यांक संकलन गर्न जनगणना गरिने जनाइएको छ। कैलालीमा कार्तिक २५ गतेदेखि जनगणना सुरु हुँदै छ। तरपनी राष्ट्रिय जनगणना २०७८ मा कैलालीका अपांगता भएका व्यक्तिको लगत संकलनमा चुनौति देखिएको छ। कार्यक्रममा बोल्दै जनगणना कार्यालयका प्रमुख सुरेन्द्र रावलले जनगणना कार्यालयले अपांगता भएका नागरिकको क्षेत्रमा काम गर्ने संघ सस्था संग सहजकर्ता मार्फत तालिम संचालन सुरु गरिने जानकारी दिए।अपांगताका क्षेत्रमा काम गर्ने अधिकारकर्मी नन्दराज भट्टले अपांगता भएका व्यक्तिहरुलाई १० वटामा वर्गिकरण गरेको भएपनि निर्वाचन आयोगले भने १३ वटा मतदाता नामावलीका लागि सूचीकृत गरेको बताए। उनले जनगणनामा अपांगताका क्षेत्रमा प्रयोग हुने शव्दको बारेमा संकलन कर्ताले अध्ययन नगरे फिल्र्डमा खटिने गरेको बताए। सरकारले सो क्षेत्रमा कार्य गरेका व्यक्तिहरुलाई संकलनका लागि खटाउन समेत उनले आग्रह गरे।
सुदूरपश्चिममा ६८ हजार ५ सय ३५ जना अपांगता भएका व्यक्ति रहेको तथ्यांक छ। यस्तै कैलालीमा भने १७ हजार अपांगता भएका व्यक्तिहरु रहेको अपांगताका क्षेत्रमा काम गर्ने अधिकारकर्मीले बताएका छन्। हालसम्म जिल्ला निर्वाचन आयोग कैलालीमा भने २ हजार १ स ५८ जना मतदाता नामावलीमा समेटिएको प्रदेश निर्वाचन कार्यालयका प्रमुख प्रेमराज भट्टले जानकारी दिए। कार्यक्रमका सहभागिहरुले अपांगता भएका व्यक्तिहरुलाई समेट्नका लागि सरकारी तथा गैरसरकारी संघ संस्थाको समन्वयको आवश्यक रहेको बताएका छन्। यस्तै उक्त कार्यक्रममा कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी हिरालाल चौधरी ज्युको प्रमुख अतिथी रहेका थिए ।
कार्यक्रमका बिशिस्ट अतिथिमा सामाजिक बिकास मन्त्रालयका उप-सचिब गणेश बहादुर सिंह, प्रदेश निर्वाचन कार्यालयका प्रमुख प्रेम राज भट्ट, लुथरन वर्ल्ड फेडेरेशन नेपालका प्रमुख बालकृष्ण चौधरी सुदूरपश्चिम ब्यबस्थापक मानध्वज खत्री, पत्रकार , दिगो बिकाश समाज कैलाली अध्यक्ष राम बहादुर सुनार, धनगढी उप महानगरपालिकाका महिला शाखा प्रमुख अनिता बुढा ऐर, सामुदायिक बिकस अधिकृत टंक बिष्ट, दिगो बिकास समाजका कार्यकारी निर्देशक लक्ष्मी दत्त भट्ट र रिहाव फाउन्डेसनका जिल्ला कार्यक्रम प्रमुख युवा अपांगता समाज सेवि ईन्द्र बहादुर पालीको सहभागी रहेको थियोे ।उक्त कार्यक्रममा सबै सरकारि गैरसरकारी युनफपिय, युनडिपी सबै सरोकार वालाहरुको सहयोगमा” Count Me Include us “अभियानमा पर्चा पम्प्लेट लगायत जनचेतनामूलक कार्यक्रममा सहजीकरण गरिने राज्य मन्त्रीले प्रतिबद्धता जाहेर गरिन। कार्यक्रमको संचालन अपांगता अधिकारकर्मी नन्दराज भट्टले गर्नु भएको थियोे भने सस्थाका अध्यक्ष श्री कृष्ण प्रशाद भण्डारीको अध्यक्षतामा कार्यक्रम संचालन गरिएको थियो ।