धनगढी। धनगढी ३ निवासी समाजसेवि ऐरद्धारा गौसालालाई कुर्ची सहयोग गरिएको छ। धनगढी उपमहानगरपालीका ३ निवासी समाज सेवि तथा पुर्ब नगरबिकाश अध्यक्ष, ईटा उद्योग व्यवसायी दिपेन्द्र ऐरले धनगढी ३ चटकपुरस्थीत गौसालालाई २० थान कुर्ची सहयोग गरेका हुन्।
उद्योग व्यवसायी ऐरले आफ्नो स्वर्गीय बुवा वीर बहादुर ऐरको समझनामा धनगढी ३ चटकपुरको गौसालालाई २० थान कुर्ची सहयोग गरेको जानकारी दिए। धनगढी ३ गौसालाका अभियान कर्ता यस्पाल अबस्थीले सहयोग उपलब्ध भएको जानकारी दिए। उनले सहयोग गरेकोमा समाज सेवि तथा उद्योग व्यवसायी दिपेन्द्र ऐरलाई धन्यवाद ब्यक्त गरेका छन् । साथै अभियान कर्ता अबस्थीले स्वर्गीय बुवाको श्रद्धासुमन ब्यक्त गर्दै स्वर्ग बासको कामना र गौ माताले मनोकामना पूराहोस भन्ने कामना समेत ब्यक्त गरेका छन् ।


