धनगढी । नेपाल परिवार दल सुदुरपश्चिम प्रदेशको आयोजनामा धनगढी उपमहानगरपालिका वडा न १३ मा वडाका अध्यक्ष बिशाल चौधरी ज्युको अध्यक्षता ६१ जनाको वडा कमिटी गठन गरिएको छ । वडा कमिटी गठन कार्यक्रमका प्रमुख अतिथि तथा पार्टीका सयोजक खडक नागरी र अतिथि पार्टीका केन्द्रीय सदस्य शंकर राज ढकाल र महिला नेतृ केन्द्रीय सदस्य बिस्नु कुमारी घिमिरे वि.केको उपस्थितीमा वडा कमिटी गठन गरिएको हो ।
यस्तै peace force का जिल्ला सयोजक दिनेश कुमार राना र IAYSPका जिल्ला अध्यक्ष अजय जैरु सोही ठाउका स्थानिय थारु समुदायका (मुख्य ) भल्बन्सा सुन्दर लाल चौधरी र सोही ठाउँका युवा क्लवकि अध्यक्ष सीता कुमारी चौधरी लगायतको कार्यक्रममा उपस्थित थियो। कार्यक्रम स्वागत मन्तव्य केन्द्रीय सदस्य बिस्नु कुमारीले राखेकी थिईन् ।
भने पार्टीका केन्द्रीय सदस्य शंकर राज ढकालले अब देशमा युवाले मात्र देशको बिकास गर्न सक्छ भन्ने धारणा राखे । देश भन्दा ब्यक्ती धनि हुनुपर्छ भन्ने ठम्याइ छ पार्टी धारणा पनी यही हो, उनले भने। पार्टीका प्रमुख अतिथि नेपाल परिवार दल सुदुरपश्चिम प्रदेशका सयोजक खडक नागरीले हाम्रो पार्टी देश र जन्ता लागि हाम्रो पार्टी सधैं लागिरहेको र लागिरहने बताए। यस्तै कार्यक्रममा बोल्दै संयोजक नागरीले पिछडिएका थारु समुदायको निम्ति परिवार दल सधै लडिरहने छ र यो समुदायकोलागि सधै सहयोग गर्ने कुनै पनि अफ्ट्यारो परिस्थितिमा पार्टी र आफुले पनी सहयोग गर्ने भन्ने आसवासन दिलाएका छन् । यस्तै कार्यक्रममा संयोजक नागरीदारा बिभिन्न खेलकुलका सामाग्री तथा लुगा कपडाहरु बितरण गरेका थिए ।
धनगढी उपमहानगरपालीका वडा नम्बर १३ स्थीत मोहनपुरमा वडा समिती गठन गरिएको हो । वडा समितीको अध्यक्षमा बिशाल चौधरी उपाध्यक्षमा शान्ति चौधरी, संदिप चोधरी सचिब, संगम चौधरी सह सचिव, माया चौधरी कोषाध्यक्षमा चयन भएका छन् । यस्तै सदस्य सागर चौधरी,सुमिता चौधरी, राम चौधरी, गजेन्द्र चौधरी, सन्तोष चौधरी, हरि चन्द्र चौधरी, राज कुमार चौधरी, राम चौधरी, सुनिता चौधरी, रविना चौधरी जानकि चौधरी ,कमल चौधरी रमिता चौधरी,सित चौधरी, सलिना चौधरी, राजकुमारी चौधरी, ज्योती चौधरी, प्रेरणा चौधरी, सुनिता चौधरी, सरोज चौधरी, आईत राम चौधरी, बुद्धिराम चौधरी, जगत राना, सन्तोष चौधरी, सन्दिप चौधरी, सागर चौधरी भएका छन् । 




