धनगढी। सुदुरपश्चिम प्रदेशको अस्थाई राजधानी धनगढीका अधिकाँस सडक बर्ष दिन नपुग्दै भत्किने तथा टुटफुट हुने गरेका छन् ।यसैमध्यको धनगढीको मुख्य बजार क्षेत्रमा पर्ने कैलाली पुल देखी सेतो पुलसम्म मर्मत सम्भार गरिएको सडक बर्ष दिन नहुँदै भत्किएको छ ।
मल्ल निर्माण सेवा संग २०७६ फागुन २१ गते देखी २०७७ कार्तिक मसान्तसम्म सम्झौता भई मर्मतसम्भारको कार्य गरिएको सडक अहिले पुर्ण रुपमा जिर्ण भएको हो। धनगढी उपमहानगरपालीका र सडक बोर्ड नेपालको सहकार्यमा धनगढीको मुख्य सडकको मर्मत सम्भार गरिएको थियो । बर्ष दिन नपुग्दै कालोपत्रे तथा मर्मत गरिएको सडक भत्किदा पानी जम्ने, बिच सडकमा खाल्टाखुल्टी पर्ने, सवारीजाम लगायतको समस्या बढेको छ ।
करोडौ रकम खर्च गरेर बर्षनी सडक मर्मत हुँदै आएपनि त्यो दिगो नहुदाँ सरकारको लगानी बालुवामा पानी हाले जस्तै हुने गरेको छ । सडक निर्माणमा कमशल सामाग्रीको प्रयोग, बर्षातमा गरिने पिच र निर्माण कम्पनीको लार्परवाहीले सडक बलियो नहुदाँ स्थानीय दुख पाईरहेका छौँ भन्छन्,धनगढी १ पशुपती टोलका प्रेम गहतराज । उनले भने सांघुरो सडक त्यहि माथी ठाउँठाउमा सडक विग्रिएका कारण सडक दुर्घटनाको जोखिम पनि उतिकै छ।
यसरी कमशल सामग्रीको प्रयोग भएकोले बिकासको काममा बाधा हुन्छ, बजेट मात्रै खर्च गरिन्छ यसरी राम्रो भएन । यस्तै, धनगढी कैलालीपुलका सुमन गुरुङले भने निर्माणको कार्यमा सरकारी निकायले पनी बेला बेलामा नियमन, अनुगमन ध्यान नदिदा धनगढीका सडकको अवस्था दिनप्रतिदिन सडकको अवस्था कहालि लाग्दो छ ।
धनगढीमा अहिले शहिद गेट क्याम्पस रोड मर्मत भईरहेका कारण मुख्य सडकमा सवारीको चाप पनि बढेको छ भने त्यसै माथी ठाउँ ठाउँमा ठुल्ठुला खाल्टाखुल्टी परेका कारण आवतजावतमा समस्या भैरहेको धनगढी शिवनगरका दिनेश राज जोशीले भने । उनले भने हामी २४ घण्टा यही बाटो भएर आवात जावत गरिरहेको छौँ, सडक साँधुरो पनी छ । खाल्टाखुल्टीमा पानी परेको बेला खाल्टो परेको देखीदैन् । हजारौँ सवारीसाधनहरु यही सडक भएर आवतजावत गर्छन्, दुर्घटना हुन्छ। धनगढीको मुख्य सडकको अवस्था यति दयनीय भएपनि सम्बन्धीत निकायको ध्यान नगएको उनले भने । यसतर्फ धनगढी उपमहानगरपालीकाले ध्यान दिनुपर्ने उनको भनाई छ ।
यस्तै धनगढी १ पुस्पलाल चोकका स्थानिय दिने चौधरीले भने बर्ष बर्षै मर्मत सम्भार हुन्छ अझ बर्ष बर्षै भत्किन्छ । बजेटमात्रै सिद्धाउने काम मात्र हुन्छ । काम हुँदैन उनले भने । यता धनगढी उपमहानगरपालीकाले निर्माण कम्पनीकै लापरवार्हीका कारण सडक चाडै टुटफुट भएको स्वीकार गरेको छ । निर्माण कम्पनीको धरौटी रकम पनी उपमहानगरको खातामै रहेकाले मर्मतअवधी नसकिदै बिग्रीएकाले पुनः मर्मत गर्ने गरी निर्माण कम्पनीलाई पत्राचार गरिसकिएको धनगढी उपमहानगरपालिका वरिष्ट ईन्जीनियर दिजराज भट्टले जानकारी दिए । धनगढीमा टुटफुट सडक मर्मतका नाममा बर्षनी करौड रकम खर्च भईरहेपनि स्तरिय सडक नबन्दा नागरिकले हरेक बर्ष सास्ती खेप्नु परेको छ । प्रदेशको राजधानी समेत रहेको धनगढीमा ३ वटै तहका सरकारको ध्यान नजादाँ नागरिक भने सरकार प्रति आक्रोसित छन् । त्यसैले सडक निर्माण बेलैमा ३ नै तहका सरकारको ध्यान जान जरुरी छ ।


