धनगढी। कैलालीमा प्रहरीले चेक अनादर मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीले चेक अनादर मुद्दाका फरार प्रतिवादी पुरुषलाई पक्राउ गरेको हो।पक्राउ पर्नेमा कैलालीको लम्कीचुँहा नगरपालिका–३ बस्ने ३८ बर्षीय गंगा बहादुर तिरुवा रहेका छन् ।
कैलाली जिल्ला अदालतको वि. सं २०७७ भाद्र २६ गतेको आदेशले चेक अनादर मुद्दामा प्रतिवादी तिरुवालाई ६ महिना कैद सजायको फैसला गरेको थियो। ईलाका प्रहरी कार्यालय चिसापानी कैलालीबाट खटीएको प्रहरी टोलीले तिरुवालाई चिसापानी बजारबाट बुधबार प्रक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।पक्राउ परेका उनलाई कैलाली जिल्ला अदालतमा पेश गरिएको प्रहरीले जनाएको छ