धनगढी। सेती प्रादेशिक अस्पतालले प्रयोगशालाको स्तरोन्नती गरी बिभिन्न सेवाहरु विस्तार गरेको छ। अस्पतालले प्रयोगशालाको स्तरोन्नती गरी सेवा विस्तार गर्दै बिभिन्न स्वास्थ्य समस्याको परिक्षण गर्न सुरु गरिएको जनाएको छ।
सेती प्रादेशिक अस्पतालले असोज महिना देखी नै आफ्नै प्रयोगशाला भवनमा नयाँ मेसिन राखेर रोगको परीक्षण गर्न सुरु गरिएको अस्पतालले जनाएको हो। मुटुरोग, क्यान्सर, डायबिटिज लगायत अन्य बिभिन्न रोगको परीक्षण सुरु भएको सेती प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेण्ड डाक्टर हेमराज पाण्डेले जानकारी दिए । सेती अस्पतालले सञ्चालनमा ल्याएको प्रयोगशालामा सर्बसुलभ र कम शुल्कमा परीक्षण हुने भएपछि सेवाग्राहीलाई सहज हुने विश्वास लिइएको छ।


